पहिचानका नाममा एमालेविरुद्ध षड्यन्त्र भइरहेको छ: शंकर पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पहिचानको नाममा अहिले एमालेविरुद्व षडयन्त्र भइरहेको बताएका छन्।

एमाले कोशेर प्रदेशको उद्घाटनमा कार्यक्रमामा बोल्दै उनले पहिचानका नाममा एमालेविरुद्ध राजनीति भइरहेको बताए ।उनले भने,‘कोशी प्रदेशमा एमालेको नेतृत्व हुँदा पहिचानवाद जाग्ने तर अरुको नेतृत्व हुँदा पहिचानवाद सुत्ने गरेको छ ।’

पोखरेलले पहिचानको नाममा एमालेका विरुद्ध राजनीति गरिरहेको कुरा बुझ्न सबैलाई आग्रह गरे ।उनले अहिले क्षेत्रीय दलका नाममा जातजाति बीचमा बिभाजन गर्न खोजिएको बताए ।

‘अहिले जातिय र धार्मिक अतिवाद शुरु भएको छ’ उनले भने,‘अतिवाद निम्त्याएर एमालेलाई पहिचान विरोधी पार्टीको रुपमा स्थापित गर्न खोजिएको छ । एमाले पहिचान विरोधी पार्टी नभएको दावी गर्दै सबै जात जाती र धार्मिक समुदायको समस्या बुझ्ने पार्टी हो ।’

उनले नेकपा एमालेले बहुमत प्राप्त नगर्दा कोशी प्रदेशमा सरकार फेरबदल भइरहेको र यसले जनताको जनादेशको अपमान भएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *