२ लाख रुपैयाँ घुससहित पक्राउ परेका काठमाडौं महानगरपालिकाका वडा सदस्य दोषी ठहर

काठमाडौं। काठमाडौं महानगरपालिकाका तत्कालिन वडा सदस्य बसन्त महर्जन भष्ट्राचार अभियोगमा दोषी ठहर भएका छन्।

विशेष अदालतका न्यायधिशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले महर्जनलाई दोषी ठहर हुने फैसला सुनाएको हो।

काठमाडौं महानगरपालिका-१४ का वडासदस्य महर्जन २ वर्षअघि २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महर्जनलाई जग्गाको मोहियानी हक नामसारी, नाता प्रमाणीकरण र मालपोत कार्यालयका लागि सिफारिस गर्न सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको भन्दै नियन्त्रणमा लिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *