अष्ट्रेलियामा विश्वकप दौरान बलात्कारको आरोप लागेका श्रीलंकन क्रिकेटरले पाए सफाई

काठमाडौं। श्रीलंकन क्रिकेटर दानुस्का गुणथिलाकाले अष्ट्रेलियामा टी-२० विश्वकप खेल्ने दौरान लागेको बलात्कारको आरोपबाट सफाई पाएका छन्।

गत वर्ष गुणथिलाकालाई बलात्कारको आरोप लागेपछि उनी अष्ट्रेलियामा केही समय रोकिएका थिए। अनलाइन डेटिङ एप्सबाट सम्पर्कमा आएकी महिलाले गुणथिलाकाले आफूलाई घरमा आएर बलात्कार गरेको दावी गरेकी थिइन्।

गुणथिलाकाविरुद्ध सुरुमा धेरैवटा आरोप लागेपनि अभियोजन सुरु हुने बेलामा विना अनुमति कन्डम निकालेर यौन सम्बन्ध राखेको कसुर लगाइएको थियो।

पीडित भनिएकी युवतीले आफु सुरक्षित यौन सम्पर्कका लागि मात्र तयार भएको स्वीकार गर्दै गुणथिलाकाले कन्डम निकालेको दावी गरेकी थिइन्।

चार दिनसम्म चलेको सुनुवाईपछि स्थानीय जिल्ला अदालतले आरोपीलाई सफाई हुने फैसला सुनाएको हो। गुणाथिलाकाले भने सबै आरोपको खन्डन गर्दै आफुविरुद्ध कथा बनाइएको दावी गरेका थिए।

पीडित भनिएकी युवतीसँग यौन सम्पर्क भएपनि कन्डम ननिकालेको उनले जिकिर गरेका थिए। न्यायधिशले गुणथिलाकाको बयान अधिकतम विश्वासयोग्य रहेको उल्लेख गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *