प्रधानमन्त्री दाहाल ल्हासा प्रस्थान गर्दै

छिङछोङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै छन् ।

गत शनिवारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । स्थानीय समयअनुसार आज दिउँसो १२ः०५ मा ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

नले आजै यहाँको चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री दाहाल आज ल्हासामा नै बस्ने कार्यक्रम छ । उनका साथमा उनको भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू छन् ।

यसअघि प्रधानमन्त्री दाहाल हिजो बेइजिङबाट छिङछोङ सहर आइपुगेका थिए । यहाँ उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा यस छिङछोङ महानगरले गरेका कार्यहरुको जानकारी लिएका थिए ।

Comments

One response to “प्रधानमन्त्री दाहाल ल्हासा प्रस्थान गर्दै”

  1. ksp pyl Avatar
    ksp pyl

    देशका समस्याको मतलव छैन, भ्रमणको उपलव्धी केही छैन खाली छोरी लिएर देशको पैसामा घुमघाम गरेर मस्ती गर्न मिल्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *