चितवन । पूर्वी चितवनको रत्ननगर-२,टाँडी स्थित सिनेमा रोडमा रहेको भण्डारी फेसन कलेक्सनमा आगलागी भएको छ ।
मङ्गलवार साँझ ७:३० बजे नवीन धितालको घरको पहिलो तलामा भएको आगलागीबाट ३५ लाख बराबरको क्षति भएको कलेक्सनका प्रोप्राइटर गणेश भण्डारीले बताए ।
भरतपुर महानगरपालिका,रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाको वारुण यन्त्रको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
सटर बन्द भएको अवस्थामा आगलागी भएकोले कारण भने थाहा नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।


Leave a Reply