दिवंगतका नाममा नेवार समुदायले धुप र काँचो दियो बाल्दै गरे ‘उपाकु परिक्रमा’ (तस्बिरहरू)

काठमाडौं । ईन्द्रजात्राको पहिलो दिन अर्थात शुक्ल द्वादशीमा ‘उपाकु वनेगु’ भनेर वर्षभरी मृत्यु भएकाको परिवारजनले धुप र काँचो दियो बाल्दै परिक्रमा गरेका छन् ।

यस दिन काठमाडौंको भित्री नगर परिक्रमा गर्दै दोबाटो, चौबाटो तथा मन्दिरहरूमा धुप, दियो बाल्दै हिँडेमा पितृहरू मोक्षको लागि जाने विश्वास छ । उपाकु परिक्रमाअनुसार भिमसेनस्थान, कंकेश्वरी, नरदेवी, रक्तकाली, क्षेत्रपाटी, ठँहिटी, ज्याथा, भोटाहिटी, महाबौद्ध, न्युरोड गेट, तेबहाल, सुन्धारा, भोटेबहाल, गणबहाल, लगन, ह्युमत, मरु गणेश हुँदै जुन स्थानबाट शुरु गरी सोही स्थानबाटै अन्त्य गर्नुपर्ने चलन रही आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *