संघीयता कार्यान्वयन गर्न प्रचण्ड, ओली र देउवालाई सम्झाउँछु : राष्ट्रपति पौडेल

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता मजबुत पारेर देश बदल्न अब शासकहरुले कन्जुस्याईं गर्न नहुने अभिव्यक्ति दिएका छन् ।

जनकपुरधाममा आयोजित नागरिक अभिनन्दन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले शासकको कन्जुस्याईले स्थानीय तह र प्रदेशहरु पाएको अधिकारबाट पनि बंचित रहेको बताए । उनले भने, ‘संघीयताको मर्म अनुसार स्थानीय तह र प्रदेशहरुलाई अधिकार दिन कन्जुस्याई भएको छ । अब दिल खोलेर अधिकार दिनुपर्छ । अधिकार दिन कन्जुस्याईं गर्नु हुँदैन ।’

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले संविधानले प्रदेशलाई दिएको अधिकार समेत नपाएको र सोही कारण संघीयता खतरामा परेको राष्ट्रपति पौडेलसँग गुनासो गरेका थिए ।

उनले राष्ट्रपति पौडेललाई भने, ‘देशमा लोकतान्त्रिक गणतन्त्र आएपछि नै तपाई राष्ट्रपति बन्नु भो । म मुख्यमन्त्री बनेको छु । तर संघीयता कार्यान्वयण नभएपछि जनता निराश भएको छ ।’

निजामती ऐन र प्रहरी समायोजनका लागि पहल गर्न समेत आग्रह गरेपछि राष्ट्रपति पौडेलले अब सबै अधिकार पाउने विश्वास दिलाए । राष्ट्रपति पौडेलले प्रचण्ड, केपी ओली र शेरबहादुर देउवालाई बोलाएर स्थानीय तह र प्रदेशलाई अधिकार दिनेबारे सम्झाउने प्रतिवद्धता जनाए ।

उनले भने, ‘खासगरी देशका तीन जना मुख्य शासकहरु प्रचण्ड, ओली र शेरबहादुर देउवा ज्यूलाई बोलाएर भन्छु अधिकार दिन कन्जुस्याईं नगर्नुस् । तीन जना चाहनुहुन्छ भने देश बदलिन्छ । संघीयता बलियो हुन्छ । म तीनै जनालाई बोलाएर सम्झाउँछु ।’

Comments

One response to “संघीयता कार्यान्वयन गर्न प्रचण्ड, ओली र देउवालाई सम्झाउँछु : राष्ट्रपति पौडेल”

  1. Dhruba Prasad Thapaliya Avatar
    Dhruba Prasad Thapaliya

    तिमीले सम्झाउने हैन आफै सम्झने हो। बिभिन्न बहानामा कस्ता कस्ता ज्यानमारालाई जेल मुक्त गरेउ जनताले हेरेर बसेका छन।यही हो तिम्रो संघियता कार्यान्वयन महामहिम??

Leave a Reply

Your email address will not be published. Required fields are marked *