‘अभियन्ता ईः’ को धर्नामा राजनीति जोडिएको आशंका गर्दै बालेनले भने- उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई अभियन्ता भन्न रुचाउने इशान अधिकारी उर्फ ईः लगायतका केही युवाको धर्नामा राजनीतिक स्वार्थ जोडिएको आशंका गरेका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले लोकतन्त्रमा जवाफदेहीता हुनुपर्ने भन्दै बालेनसँग वार्ताको लागि आग्रह गरेको भोलिपल्ट मेयर शाहले आफूले उनीहरुको कुरा सुन्न खोज्दा संवादमा नआएको बताएका छन् ।

उनले अभियन्ताहरुको उद्देश्य राजनीतिक रहेको आशंका गर्दै उनीहरुको नेतासँगै वार्ता गर्नुपर्ने हो ? भनी प्रश्न गरेका छन् ।

काठमाडौंका सडक व्यापारीको पक्षमा केही दिनदेखि अभियन्ता भनिने ईःसहित केही व्यक्ति सभागृहअघि उभिएर धर्ना दिइरहेका छन् । सोमवार मेयरले उनीहरुलाई वार्तामा बोलाउँदा उनीहरु जान नमानेको बताइन्छ ।
उता अभियन्ता ईःले भने आफूहरुलाई नगर प्रहरीले समय नै नदिई हप्काउने शैलीमा मेयर भएठाउँमा बोलाएको र आधा घण्टा समय माग्दा मेयरको समय छैन भनेर हिँडेको दावी गरेका छन् ।

Comments

One response to “‘अभियन्ता ईः’ को धर्नामा राजनीति जोडिएको आशंका गर्दै बालेनले भने- उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?”

  1. Shyam Avatar
    Shyam

    Mayor ma ghamanda dherai badheko jasto lagyo. 😡🤬 Tetro din vaisakyo afai gayera kura garna sakdaina? Vote magna ta galli galli aako thyo ta..

Leave a Reply

Your email address will not be published. Required fields are marked *