कैलाली । गएरातिको वर्षात्ले धनगढी जलमग्न भएको छ ।
सेती प्रादेशिक अस्पताल, पार्क मोडलगायतका क्षेत्रमा पानी जमेको छ । पसलहरूमा पानी पसेको छ भने आवतजावतमा समस्या भएको छ ।
सेती प्रादेशिक अस्पतालको भुइँतलामा रहेका बिरामीहरू प्रभावित भएका छन् । धनगढीमा सडक निर्माण कार्य जारी रहेको साथै पानीको सहज निकास नहुँदा एकै रातको पानीले धनगढीको मुख्य क्षेत्र जलमग्न भएको हो ।


Leave a Reply