राष्ट्रपतिको कार्यक्रमको समाचार संकलन गर्न पत्रकारले जनकपुरधामका मेयरबाट पास लिनुपर्ने

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेल आज मधेश प्रदेशको राजधानी जनकपुरधाम आउँदै छन् । आज बिहान ९ बजे उनी जनकपुरधाम आउन लागेका हुन् ।

राष्ट्रपति पौडेल जनकपुरधाम आएलगत्तै जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रको उद्घाटन समारोहमा सहभागी हुनेछन् । त्यहाँ उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

नागरिक अभिनन्दन तथा मन्तव्यको कार्यक्रम केन्द्रको हलमा राखिएको छ । उक्त कार्यक्रममा प्रवेशका लागि पासको व्यवस्था गरिएको छ । तर, कार्यक्रमको रिपोर्टिङका लागि सहज व्यवस्था नगरेको भन्दै पत्रकारले असन्तुष्ट व्यक्त गरेका छन् । समाचार सम्प्रेषणका लागि जनकपुरधामका मेयर मनोज साहबाट पास लिनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।

मेयर साहले २० जना पत्रकारलाई पासको व्यवस्था मिलाएको बताए । सीमित पत्रकारलाई पास वितरणको आधारबारे उनले प्रष्ट जवाफ दिएनन् ।

नेपाल पत्रकार महासंघ धनुषाका सल्लाहकार पुरन गुप्ताले सहजरूपमा समाचार सम्प्रेषणको व्यवस्था मिलाउनुपर्ने बताए । साहले पत्रकार महासंघलाई १२ वटामात्र पास दिने भनेकोमा अस्वीकार गरिएको उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *