लुम्बिनीका मुख्यमन्त्रीले नियुक्त गरे प्रमुख राजनीतिक सल्लाहकार

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गृहजिल्ला दाङका कांग्रेस नेता जानकीलाल बस्नेतलाई आफ्नो प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् ।

मुख्यमन्त्री चौधरीले दाङको राजपुर गाउँपालिका- ७ निवासी बस्नेतलाई राज्यमन्त्रीसरह सेवा सुविधा दिनेगरी आफ्नो प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन, २०७५ को दफा १० तथा अनूसुची २ बमोजिम भदौ ३१ गतेदेखि लागू हुनेगरी बस्नेतलाई प्रमुख राजनीतिक सल्लाहकार पदमा नियुक्त गरिएको छ । बस्नेतले आइतबार पदभारसमेत ग्रहण गरेका छन् ।

Comments

One response to “लुम्बिनीका मुख्यमन्त्रीले नियुक्त गरे प्रमुख राजनीतिक सल्लाहकार”

  1. ksp pyl Avatar
    ksp pyl

    देशको ढुकुटीको सत्यानाश । मुख्यमन्त्री नै बेकामे छन् सल्लाहाकार किन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *