१३ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गर्ने एकजना पक्राउ

सुर्खेत । प्रहरीले वीरेन्द्रनगरमा अपहरण गरी कांक्रेविहारको जंगलमा लगेर बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगरको एक निजी स्कुलमा अध्ययनरत १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ पानीखोलाका २५ वर्षीय भक्तिराम कँडेललाई प्रहरीले पक्राउ गरेको हो ।

भदौ ३० गते विहान स्कुल जान लागेकी बालिकालाई कँडेलले अपहरण गरेर अटोमा राखेर कांक्रेविहारको जंगलमा लगी बलात्कार जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीले बताए । शाहीका अनुसार कँडेलले बालिकालाई अघिल्लै दिनदेखि पीछा गरिरहेका जनाए ।

डिएसपी शाही भने,ञ भदौ ३० गते स्कुल पोशाक लगाएर स्कुल जाने तयारीमा रहेकी बालिका वीरेन्द्रनगर–१ स्थित टेम्पोपार्कको एक पुस्तक पसलमा पेन्सिल किन्दै थिइन् । उक्त युवकलाई सडकमा त्यहीँ ठाउँमा देखेकी थिइन् । त्यहीँ समयमा बालिकालाई पीडकले हात समातेर जवजस्ती टेम्पोभित्र राखेर त्यहाँबाट सिटी बसपार्क नजिकैको होटलमा पु¥याएर स्कुल पोशाक खोलेर नयाँ कपडा लगाउन पीडक कँडेलले दवाव दिएको रहिछ ।,

‘बालिका होटलको काउन्टरबाटै भागेर केही पर गइसकेको अवस्थामा फेरि हात समाएर अर्को अटोमा राखेर कांक्रेविहार पुर्याएको’ डीएसपी शाही भने, ‘कांक्रेविहार जंगलमा पुर्याएपछि बालिकालाई कुटपिट गर्दै बलात्कार भएको हो ।’

यति मात्रै नभएर उक्त युवकले २०७९ कात्तिक ०९ गते पूर्वी सुर्खेतकी एक युवतीलाई विवाहको प्रलोभनमा पारी वीरेन्द्रनगर ल्याएर एक होटलमा बलात्कार गरेर फरार भएको डीएसपी शाहीको भनाइ छ ।

ती युवतीले भोलिपल्टै आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएपनि उक्त युवक पक्राउ परेका थिएनन् । ‘सो युवकसँग सम्बन्धित पुराना केही घटना छन् कि भनेर फाइल खोल्यौं,’ डीएसपी शाहीले भने, ‘एक वर्षअघिको विवाह गर्छु भनेर घरबाट भगाएर वीरेन्द्रनगर–१० मा रहेको बसपार्कको जेटु होलमा जबरजस्ती करणी गरी फरार भएको पाइयो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *