बालकृष्णलाई कारबाही गर्न डेलिगेसन जाने नेताहरू माओवादीका बाउछोराको नाम आउँदा बोल्दैनन् : नेता हुमागाईँ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले आफूलाई हराउन पार्टीकै जिम्मेवार नेता लागेको आरोप लगाएका छन्।

केन्द्रीय समितिको बैठकमा बोल्दै आफूलाई हराएर एमालेका गोकुल बास्कोटालाई जिताउन पार्टीकै नेताहरू लागेकाले आफू हारेको बताए।

उनले भने, ‘म मुलुककै सबैभन्दा बदनाम मान्छेसँग चुनाव लडेको छु । पार्टीकै जिम्मेवार नेताहरू उहाँलाई सघाउन लागे । बालकृष्ण खाण पार्टीको जिम्मेवार नेता । उहाँको दोष कतै देखिएको छैन । उहाँलाई कारबाही गर्न गृहमन्त्री कहाँ जानुभयो। अहिले माओवादी नेताकै बाउछोरा सुन तस्करी प्रकरणमा नाम आउँदा फेरि डेलिगेसन जानुहुन्छ कि हुँदैन ? यसरी चलाउने हो भने पार्टी अगाडि बढ्न सक्दैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *