काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यले इश्वरी न्यौपाने नयाँ दलहरुलाई फेसबुके पार्टीको रुपमा टिप्पणी गरेकी छन्।
केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै कांग्रेसमाथि ठूलो चुनौती आइसकेकाले अब जनताको समस्या बोल्नुपर्ने बताइन्।
उनले भने, ‘हामी जनताको बिषयमा बोल्नुपर्ने हो। हामी हाम्रो बिषयमा कति बोल्ने ? हाम्रो लागि अहिले च्यालेन्ज धेरै छन्। अहिले फेसबुके पार्टी आइसके। त्यो सातदिनमा बन्द त हुँदैन होला नि। फेसबुकमा हाम्रो सहमहामन्त्रीलाई खुकुरी हानेको बिषय हेर्नुहुन्छ भने एउटालाई मात्रै होइन अरुलाई पनि छप्पाइदिए हुन्छ भन्ने आइरहेका छन्, समाज कतातिर जाँदैछ।’

Leave a Reply