कांग्रेस बैठकमा उठ्यो प्रचण्ड नेतृत्वको सरकारमाथि प्रश्न (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमाथि प्रश्न उठेको छ। केन्द्रीय समितिको बैठकमा बोल्दै नेता गुरु बरालले पार्टी सहमहामन्त्रीलाई खकुरी प्रहार हुँदा समेत सरकार निरिह बनेको बताए।

उनले भने, ‘हाम्रो पार्टी यो सरकारसँग छ। कांग्रेसको नेतृत्वमा यो सरकार बनेको हो। अहिलेको अवस्था जर्जरको छ। यसलाई कसरी सुधार्ने रु शान्ति सुरक्षाको कुरा गर्दा हाम्रो सह महामन्त्रीमाथि खुकुरी प्रहार भएको छ। यस्तो अवस्थामा सरकार निरिह अवस्थामा छ। यस्तो भोलि हाम्रो अन्य साथीहरुलाई पनि पर्नसक्छ। सरकारले तुरुन्त सरकारको प्रत्याभूमि दिनुपर्यो। नेताहरुलाई त सुरक्षा छैन हाम्रो के सुरक्षा छ भन्ने प्रश्न उठेको छ जनतामा ?’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *