काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले शिक्षकहरुले आन्दोलन गरिराख्दा पार्टी रमिते बनेर बस्न नहुने बताएका छन् ।
केन्द्रीय समितिको बैठकमा बोल्दै उनले शिक्षकहरुले संविधान बाहिर गएर कुनै माग नराखेकाले सरकारले सुन्नुपर्ने बताए ।
उनले भने, ‘सरकारले यसअघि कबुल गरेका केही विषयहरु विधेयकमा समावेश छैनन् । शिक्षकहरुले संविधान बाहिरका कुरा उठाएका छैनन् । यस्तोमा कांग्रेस रमिता हेरेर बस्न हुँदैन ।’

Leave a Reply