सहमति र सहकार्यबाट अघि बढ्न हिक्मत कार्कीको आग्रह (भिडिओ)

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जनतामा देखिएको निराशा र व्यवस्था माथिकै चुनौतीलाई सामना गर्न सहमति र सहकार्य गरी अघि बढ्नुपर्ने बताएका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै उनले अहिलेको विषम परिस्थितिमा जनभावनालाई बुझेर अघि बढ्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलहरूलाई आव्हान गरेका छन् ।

उनले जारी गरेको वक्तव्यमा जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने उल्लेख छ ।

उनले वक्तव्यमा भनेका छन्, संविधान निर्माण र परिवर्तन लागि एक ठाउँ उभिएका सबै राजनीतिक शक्तिहरू पुनः साझा सङ्कल्पका साथ एउटै थलोमा उभिएर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ ।

कार्कीले नेपालको संविधानले नेपाली समाजमा व्याप्त सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहु जातीय, बहुभाषिक, बहुसांस्कृति तथा भौगोलिक विविधतायुक्त विशेषताहरूलाई आत्मसाथ गरेको बताएका छन्

यस्तै उनले नेपालको संविधान संवैधानिक परिवर्तनको दस्ताबेज मात्र नभएर राज्यको संरचना, शासकीय व्यवस्था, सामाजिक, सांस्कृतिक रूपान्तरणको आधार स्तम्भ पनि भएको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *