अनरोस्ववियु आर आर क्याम्पस कमिटीले ‘अखिल फुटसल कप-२०८०’ आयोजना गर्ने

काठमाडौं । अनेरास्ववियु आर क्याम्पस कमिटीले ‘अखिल फुटसल कप २०८०’ सञ्चालन गर्ने भएको छ । वर्षेनि हजारौं संख्यामा विद्यार्थीहरुका समस्याका विषयमा राष्ट्रियस्तरका खेलाडीहरु उत्पादन गर्नमा सहयोग पुर्याउने उद्देश्यले फुटसल सञ्चालन गर्न लागिएको अनेरास्ववियुले जनाएको छ ।

कमिटीले अन्तर क्याम्पस खुल्ला पुरुष फुटसल प्रतियोगिताको आयोजनाको तयारी थालेको हो ।

खेलाडीहरूको जीवनलाई जीविकोपार्जन गर्न पनि कठिन भैरहेको अवस्थामा अनेरास्ववियु आर आर क्याम्पस कमिटीले विश्वविद्यालयभित्र रहेका विद्यार्थी खेलाडीहरूका बीचमा प्रतिस्पर्धा गराई सानो रकमको भए पनि नगद पुरस्कारको व्यवस्था गरेको कमिटीका अध्यक्ष लोकेश खड्काले बताए ।

कमिटीले उक्त फुटसल प्रतियोगिता विजेतालाई एक लाख ११ हजार एक सय एघार रुपैयाँ र उपविजेतालाई पुरस्कार ५५ हजार ५५५ रुपैयाँको व्यवस्था गरेको जनाएको छ । साथमा सिल्ड, मेडल तथा प्रमाण प्रत्र प्रदान गरिनेछ साथै उत्कृष्ट विधाका खेलाडीहरुलाइ ट्रफिको व्यवस्था गरिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *