एकताको लागि आगामी महाधिवेशनबाट पार्टीको नाम फेर्न माओवादी केन्द्र तयार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) पार्टीको नाम फेर्न तयार भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पार्टी कमिटीमा आन्तरिक सर्कुलर जारी गर्दै अन्य कम्युनिष्ट घटकहरुसँग पार्टी एकताको विषयमा गर्नको लागि पार्टीको नाम परिवर्तन गर्न तयार भएको बताएका छन् ।

भदौं २५ गते पेरिसडाँडामा बसेको पदाधिकारी बैठकको निर्णय पार्टी कमिटीमा पठाइएको सर्कुलरमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट घटकहरुसँग पार्टी एकताको विषयमा गम्भिर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ ।’

संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का सांसदहरुलाई संसदको बैठक र विषयगत समितिका बैठकहरु प्रभावित नहुने गरी तीन महिने अभियानमा उपत्यकामा जिम्मेवारी दिन समेत माओवादीले निर्णय गरेको छ ।

माओवादीले नेकपा एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित विचार मिल्ने दलहरुसँग एकताको प्रयास गरिरहेको छ । एकता प्रक्रियामा जान अन्य दलले नामलाई लिएर विमती जनाएपछि फेर्नेगरी अघि बढ्न लागेको हो ।

 

Comments

One response to “एकताको लागि आगामी महाधिवेशनबाट पार्टीको नाम फेर्न माओवादी केन्द्र तयार”

  1. nagendra Avatar
    nagendra

    यो ‘माओवादी’ नाम जसरी प्रचन्ड (हरु) को लागि घाडो भएकोछ त्येसै गरी प्रचन्ड प्रब्रित्ती र प्रचन्डपथ देशको लागि घाडो मात्रा हैन साह्रै बिसालु काँडो भएको छ !!
    => सोच इमान्दार देशभक्त र प्रगती चाहने नेता कार्यकर्ता समर्थक शुभचिन्तक र भोटर्हरु सबै उखेलेर फ्याक्न त्येशलाई !!
    => देशको उन्नती नै रोकियो, बलिदान पानीमा बग्यो मुल्यहीन भयो यिनको मन्परी धुर्त र चतुरे हर्कतले !!
    => जोगाउ त्यो स्वाभिमान लाई उठ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *