विराटनगरमा २ महिना निषेधित क्षेत्र घोषणा

विराटनगर । जिल्ला प्रशसन कार्यालय विराटनगरले मुख्यमन्त्री कार्यालय र प्रदेश सभा आसपासको क्षेत्रलाई २ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । पहिचानवादीहरुले गर्ने प्रदशनलाई ध्यानमा राखेर भोलिबाट २ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरिएको हो ।

पहिचानवादीहरुले संविधान दिवसको अवसर पारेर विराटनगरमा प्रदशनको तयारी गरेका छन् ।

प्रदशनलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश सभा वरिपरि र मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो । जिल्ला प्रशासनले सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले कोशी प्रदेश अन्तर्गत मोरङ जिल्ला स्थित विराटनगर महानगरपालिकालाई केन्द्रविन्दु राखि विविध समूह लगायतबाट विरोध, धर्ना, जुलुस, आयोजना गरी विरोधका कार्यक्रमहरु भइरहने भन्दै निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रशासनले यस्ता समुहको गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समिति मोरङको निर्णयानुसार निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।

प्रशासनले सर्वसाधारण तथा सवारी साधन आवत जावत बाहेक कुनैपनि किसिमको सभा, जुलुस, भेला, ज्याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेध गरिएको जनाएको छ । मोरङ प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले आदेशको उल्लंघन गरे कारबाही गरिने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *