दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे बस्दैछ ।

बैठकमा दैनिक उपभोग्य वस्तुहरू चीनी, चामल लगायतका खाद्य वस्तुहरूको आपूर्ति व्यवस्थापनका सम्बन्धमा राष्ट्रिय उपभोक्ता मञ्चबाट प्राप्त निवेदन माथि सरोकारवालाहरूसँग छलफल हुनेछ ।

त्यस्तै आज बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धी उपसमिति गठनबारे छलफल हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *