अनेरास्ववियु रुपन्देही अध्यक्षमा भरत अर्याल निर्वाचित

रुपन्देही । अनेरास्ववियु रुपन्देहीको २४ औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा भरत अर्याल निर्वाचित भएका छन् ।

बुटवल बहुमुखी क्याम्पसबाट अनेरास्ववियुको राजनीति यात्रा सुरु गरेका अर्याल अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसको अध्यक्ष हुँदै अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै अहिले जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षको जिम्मेवारी लिँदै अर्यालले संगठनलाई थप प्रभावकारी र चलायमान गर्ने बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्वाचनबाट उपाध्यक्षमा निरज आचार्य, अर्जुन गैरे, सचिव सुमित सापकोटा, सहसचिव मनिषा कार्की, गुनबहादुर श्रेष्ठ, सरोज खनाल, पवन भुसाल, कोषाध्यक्षमा सुनिल खनाललगायत ५१ कमिटी सदस्य निर्वाचित भएका छन् ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष धर्म गिरी, अनेरास्ववियु पूर्वअध्यक्ष खिमलाल भट्टराई, अनेरास्ववियुका पूर्वअध्यक्ष किशोरबिक्रम मल्ल, नेकपा एमालेका केन्द्रीय सदस्य भुमिश्वर ढकाल, अनेरास्ववियु पूर्व उपाअध्यक्ष यम पाण्डे, सरोज पोखरेल, अनेरास्ववियु स्थायी कमिटी सदस्य लेखनाथ खनाल, शेषकान्त पोखरेल लगायतले शुभकामना मन्तव्य राख्दै संगठनलाई चलायमान बनाउन सुझाव दिएका थिए ।

कार्यक्रम जिल्ला अध्यक्ष रमेश ढकालको अध्यक्षयता सचिव प्रकाश पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *