गैह्रीगाउँ सामूहिक हत्याकाण्डमा खटाइएको कुकुर जडिबुटीसम्म पुग्यो त्यसपछि अल्मलियो

काठमाडौं। गैह्रीगाउँ हत्याकाण्डमा खटाइएको तालिमप्राप्त कुकुर संलग्न व्यक्ति भक्तपुरतिर भागेको संकेत गरेको छ।

प्रहरी स्रोतका अनुसार घटनास्थलमा पुर्‍याएको कुकुर सुँघ्दै जडीबुटीसम्म पुगेको थियो। त्यसपछि कुकुर अल्मलिएको थियो। ‘ कुकुरले अपराधी भक्तपुरतिर भागेको संकेत गरेको छ।तर कुकुर जडिबुटी पुगेपछि आफै अल्मलियो’, एक अनुसन्धान अधिकृत भन्छन्।

गैह्रीगाउँस्थित काठ मिलमा शुक्रबार राति एकै परिवारका ३ सहित ४ जनाको हत्या भएको थियो। घटनाबारे प्रहरीलाई खबर गरेका व्यक्ति दिपेन्द्र राई नै अहिले अनुसन्धानको दायरामा छन्। दीपेन्द्र सोही काठमिलमा बस्दै आएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *