काठमाडौं । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्यामा सलंग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले अनुसन्धानका लागि काठमाडौं महानगरपालिका ३२ स्थित तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको हो ।
तिनकुनेको दिव्य सस्मिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको थियो । घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ ।
दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, श्रीमती ५२ वर्षीय अम्बिका भुजेल, आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नविन राईको हत्या भएको थियो ।
उक्त दिव्य सःमिल दोलखा, कालिञ्चोक गाउँपालिका८ घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीले सञ्चालन गरेका थिए । उनीहरु सोही मिलमा काम गर्थे ।
घटनाको मुचुल्का लगायतको कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटनाको सम्बन्धमा प्रहरीद्वारा अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी सुक्ष्म अनुसन्धान कार्य जारी रहेको काठमाडौं प्रहरी परिसर प्रवक्ता कुमोध ढुंगेलले बताए ।

तस्बिर: उमेश कार्की

Leave a Reply