पाकिस्तान विश्व वरियताको तेस्रो स्थानमा झर्‍याे, भारत दोस्रो स्थानमा उक्लियो

काठमाडौं । एसिया कपको सुपर फोरमा कमजोर प्रदर्शनपछि पाकिस्तान एकदिवशीय अन्तर्राष्ट्रियको विश्व वरियतमा तेस्रो स्थानमा झरेको छ। एसिया कप सुरु हुनुअघि पाकिस्तान पहिलो नम्बरमा थियो।

तर केही दिनपछि अस्ट्रेलिया शीर्षस्थानमा उक्लिएर पाकिस्तान दोस्रोमा झरेको थियो। एसिया कपको सुपर फोरमा बिहीबार श्रीलंकासँग पराजित भएको पाकिस्तान फेरी एक स्थान तल झरेर तेस्रोमा पुगेको छ।

भारत एक स्थान उक्लिएर दोस्रोमा पुगेको छ। भारतले एसिया कपको फाइनलमा स्थान बनाइसकेको छ। सुपर फोरमा लगातार दोस्रो हारपछि पाकिस्तान बाहिरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *