काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव कुमार नेपालले जारी गरेको पछिल्लो अन्तर पार्टी निर्देशनप्रति असहमति व्यक्त गरेका छन् ।
शुक्रवार अखिल नेपाल महिला संघको तीज विशेष कार्यक्रमपछि नेपाल प्रेसकर्मी उमेश कार्कीसँग कुरा गर्दै सम्मानित नेता खनालले अध्यक्ष नेपालले जारी गरेको अपानीलाई ‘एकदमै खतरनाक’को संज्ञा दिए ।
खनालले भने– यो एकदम खतरनाक कुरा हो । पार्टीको कुनै पनि कमिटीले निर्णय गरेको छैन । यो यत्तिकै जारी भएको छ । यसबारेमा हामी छलफल गर्दैछौं ।
अध्यक्ष नेपालले विहीवार जारी गरेको अपानीमा पार्टी केन्द्रीय कमिटी र सचिवालयको निर्णय भन्दै नेताहरुको जिम्मेवारी हेरफेर,कार्य विभाजन र विभिन्न कमिटीमा मनोनयन गरिएकोमा खनालले असहति जनाएका हुन् ।
सो निर्णविरुद्ध देशभरमै असहमति भएको छ भने केही नेताले पार्टी छाडेको घोषणा गरेका छन् ।
याे पनि पढ्नुस्: अपानी फिर्ता लिएर निर्णय सच्याउन माधव नेपालमाथि नेकपा एसका नेताहरूको दबाब

Leave a Reply