बालेनलक्षित झलनाथको टिप्पणी- सिंहदरबारमा आगो लगाउँछु भन्ने अभिव्यक्ति अपराधिक, प्रशंसा हुनु बिडम्बना

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सिंहदरबारमा आगो लगाउँछु भन्ने अपराधिक अभिव्यक्ति भएको टिप्पणी गरेका छन् ।

नेकपा एस निकट महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको अभिव्यक्तिको प्रशंसा हुनु गलत भएको बताए ।

उनले भने, ‘एउटाले सिंहदबारमा आगो लगाइदिन्छु भन्यो अर्कोले नेताको गर्दनमा खुकुरी हान्यो ती मान्छेहरुलाई मोबाइल हेर्ने हो भने हजारौं मान्छेले स्याबासी दिइरहेका छन् । ती त अपराधिक तत्वहरु हुन् नि । सिंहदरबारमा आगो लगाउँछु भन्ने जसले गरेपनि अपराधिक अभिव्यक्ति हो । यस्तो अभिव्यक्तिको प्रशंसा हुनु बिडम्बना मात्रै हो । तर, प्रशंसा हुन थालेको छ । त्यसको कारण खोज्नुपर्ने छ ।’

उनले तत्कालीन नेकपा नेतृत्वको सरकार हुँदा अध्यक्ष केपी शर्मा ओलीले कुर्सीमात्रै देखेपछि अहिले अराजकता बढाएको आरोप लगाए ।

 

Comments

One response to “बालेनलक्षित झलनाथको टिप्पणी- सिंहदरबारमा आगो लगाउँछु भन्ने अभिव्यक्ति अपराधिक, प्रशंसा हुनु बिडम्बना”

  1. शागर Avatar
    शागर

    सर्प पाल्छु भनेर राज्यको करोडौँ कुम्याए र नेपाली गरिब जनताको खुन पसिना चुसे भन्दा कम अपराध हो कि सर आगो लागउँछु भन्नू या गर्धनमा खुकुरी हान्नु उहाँहरुले पर्दा बाहिरै गर्नु भयो तर हजुरहरुले कुकर्म कानूनको पर्दाले छेकेर वर्षौँ देखि गरिरहनु भएका कारणले नेपाली जनता हामी कहिल्यै सुखि हुनसकेका छैनौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *