नेम्वाङको निधनपछि इलाम निर्वाचन क्षेत्र नं. २ रिक्त

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष तथा इलाम क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनपछि सो क्षेत्र रिक्त भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले इलाम २ रिक्त भएको जानकारी गराए ।

नेपालको संविधान धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको व्योहोरा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराएका हुन् ।

गत मंगलबार नेम्वाङको निधन भएपछि अब सो क्षेत्रमा अब उपनिर्वाचन हुनेछ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *