काठमाडौं । सिप्रदी अटोपार्टस र अनलाइन स्टोर दराजबीच सहर्काय गर्ने सम्झौता भएको छ ।
मंगलबार सिप्रदी अटोपार्टस् प्रा. लि.का सिनियर जेनरल म्यानेजर युवराज बुढाथोकी र दराज अनलाइन स्टारका व्यापार अधिग्रहण तथा आवरण प्रमुख नवीन रानामगरबीच सहमतिको सम्झौता भएको हो ।
सहकार्यअनुसार टाटा जेन्युइन पार्टस र टाटा मोर्टस जेन्युइन आयल अनलाइन स्टोर दराज नेपालमा उपलब्ध हुनेछन् । साझेदारी पश्चयात टाटा मोटर्सका ग्राहकले छिटो छरितो र सहज रुपमा टाटा जेन्युइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल खरिद गर्न सक्नेछन् ।

Leave a Reply