काठमाडौं । काठमाडौ महानगरपालिकाले बालकुमारी पुलमुनि फोहोर फाल्ने १९ जनालाई जरिवाना तिराएकाे छ ।
महानगरपालिकाले वडा नं ३२ कोटेश्वर बालकुमारी तर्फ आकासेपुलमुनि राति फोहोर फाल्ने १९ जनालाई पक्राउ गरी जरिवाना तिराएकाे हाे ।
उनीहरुलाई फोहोर फालेबापत ५ हजार, २ हजार, १ हजारको दरले जरिवाना तिराएको महानगरपालिकाले जनाएकाे छ ।
महानगरले उनीहरुबाट ५० हजार ५सय जरिवाना गरेको हो । बालकुमारी पुलमा रातको समयमा फोहोर फाल्ने गरेको गुनासो आएपछि महानगरले निगरानी बढाएको थियो ।

Leave a Reply