नेकपा एसका सल्लाहकार परिषद्का सदस्य विश्वकर्माको निधन

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ ।

उनको मंगलबार बिहान हृदयघातबाट निधन भएको हो ।

उनको शव श्रद्धाञ्जलीको लागि पार्टी कार्यालय आलोकनगर राखिएको छ । पारिवारिक स्रोतका अनुसार आजै उनको दाहसंस्कार गरिने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *