नेम्वाङको निधन पछि सुदूरपश्चिममा आज हुँदै गरेको समाजवादी मोर्चाको सन्देश सभा स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा स्थगित भएको छ ।

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएपछि आजको कार्यक्रम स्थगित गरिएको हो ।

आज माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ आउने कार्यक्रम तय भएको थियो ।

श्रेष्ठ हिजै धनगढी पुगिसकेका थिए भने अन्य नेताहरू आज आउन लागेका थिए ।

नेम्वाङको हृदयाघातबाट निधन भएका कारण आजको कार्यक्रम स्थगित गरिएको नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शालले जानकारी दिइन् ।

यस अघि पनि १३ गते हुने कार्यक्रम पनि विप्लव नआउने भए पनि स्थगित गरेर आजको लागि निर्धारण गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *