कोलम्बो । एसिया कप क्रिकेटको सुपर फोरअन्तर्गत पाकिस्तानविरुद्ध भारतका केएल राहुल र विराट कोहलीले शतक बनाएका छन् ।
भारतले ४७.३ ओभरमा ३२२ रन बनाएको छ । कोहली र राहुल दुवै १०० रनमा खेल्दैछन् ।
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विराटको यो ४७औं शतक हो भने १३ हजार रन पनि पूरा गरेका छन् । राहुल र कोहलीले तेस्रो विकेटका लागि १९९ रनको साझेदारी गरिसकेका छन् ।

Leave a Reply