साम्राज्यवादीहरुले नेपाललाई युक्रेन बनाउन खोज्दै छन् : विप्लव

विराटनगर । नेपाल कमुनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाल इतिहासकै पेचिलो अवस्थामा पुगेको बताएका छन् । उनले देश पेचिलो अवस्थामा पुगेकाले माओवादीहरु एक हुने बताए । उनले देश असजिलो अवस्थामा पुगेकाले समाजवादीहरु एक भएर समाजवादी मोर्चा गठन भएको बताए ।

समाजवादी मोर्चा नेपालको कोशी प्रदेशस्तरीय सन्देश सभामा बोल्दै उनले नेपालमा सामन्तवादको अन्त्य भएको तर अझै परिवर्तन बाँकी रहेको बताए । अहिले साम्राज्यवादीहरुले नेपाललाई युक्रेन बनाउन चाहेकाले यसको प्रतिवाद गर्न समाजवादी मोर्चा गठन भएको हो ।

उनले नेपालमा महत्वपूर्ण परिवर्तन भएको तर समाजवादको स्थापना हुन नसकेको बताए । उनले संघीय गणतन्त्र पूर्ण नभएकाले पुर्ण बनाउनका लागि समाजवादी मोर्चा गठन भएको बताए ।

उनले समाजवादी मोर्चा गठनपछि जनतामा उत्साह थपिएको छ केही समूह भने मोर्चा गठनपछि त्रसित भएको बताए । ‘अहिले नागरिकहरु सन्तुष्ट हुन सकेका छैनन सबै तिर उकुसमुकुसको अवस्था छ’, उनले भने ।

उनले सकै क्षेत्रमा नयाँ खाले संघर्ष खाले शुरु भएको बताए । उनले पुराना पार्टीहरुले मात्रै संघर्ष गरेर मुलुक्ले मुक्ति नपाउने बताए ।

उनले मोर्चामा भएका दलहरुका बिचमा पनि सबै कुरामा मेल नभएपनि टुक्रा टुक्राबाट लडेर समस्याको समाधान नभएकाले मोर्चाको गठन भएको बताए ।

 

Comments

One response to “साम्राज्यवादीहरुले नेपाललाई युक्रेन बनाउन खोज्दै छन् : विप्लव”

  1. nagendra Avatar
    nagendra

    Ko ho Tyo साम्राज्यवादी !?
    Prachanda, maakune, yadav … ko hun !? Ke hun !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *