कोशीमा उद्धव थापा पदमुक्त, ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्की मुख्यमन्त्री

कठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै उनी पदमुक्त हुने आदेश दिएको छ ।

थापाले प्रदेशसभामा मत बराबर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरेर लिएको मत असंवैधानिक भएसँगै उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका हुन् ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पुर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ ।

 

Comments

2 responses to “कोशीमा उद्धव थापा पदमुक्त, ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्की मुख्यमन्त्री”

  1. ksp pyl Avatar
    ksp pyl

    संविधानको रक्षा गर्न गठबन्धन बनेको भनेर अझ पनि झुठ बोल्न छोडदैनन् यि । जनताले त गठबन्धन पालैपालो देश लुटन बनेको हो भन्ने बुझेका छन् । तर दिल्लीका दलालहरू अझै पनि संविधानको रक्षा गर्न गठबन्धन बनेको भन्न छाडदैनन् ।

  2. nagendra Avatar
    nagendra

    गठबन्दन को कदम असंबैधानिक !!
    यो मात्र हैन यसका हरेक काम असंबैधानिक र अनैतीक !! यसको जन्म असंबैधानिक र अनैतीक :: किन भने चुनाव अघी पार्टि मिलेर चुनाव लड्नु निर्दलियता को अभ्यास, जनमतको अपहरण अनी लोकतान्त्रिक संबिधान बिपरितको कुरा !! तर संबिधान रक्षा कवच आफु भएको दाबी :: कत्ती झुट, कत्ती बेइमनी अनी कत्ती ठगी राज !! अझ बाँकी छ केही भन्न गर्न !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *