प्रधानमन्त्रीलाई रास्वपा सांसद श्रेष्ठको आग्रह- माटोको रक्षा गर्न खुट्टा नकमाउनुस् (भिडिओ)

काठमाडौं । रास्वपाका सांसद विराजभक्त श्रेष्ठले चीन भ्रमणको बेलामा चुच्चे नक्साबारे कुरा गर्न आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘हाम्रो छिमेकी राष्ट्र चीनले नयाँ नक्सा सार्वजनिक गरेको छ। उक्त नक्सामा हाम्रो संसद्ले एकमत भएर जारी गरेको नेपालको चुच्चे नक्साको भूभागहरू भारतमा देखिन आएको हामी सार्वभौम नेपालीको मन दुखेको छ। अझ अन्तर्राष्ट्रिय समुदायमा पत्राचार नगरेकाले हामी हाम्रो परराष्ट्र नीतिमा कसरी चुक्दैछौं भन्ने प्रष्ट हुन्छ।’

उनले कूटनीतिक माध्यमबाट नेपालको भूमि नक्सामा राख्न पहल गर्न सरकारसँग माग गरे।

उनले भने, ‘नेपाली माटोको रक्षा गर्न खुट्टा नकामोस् प्रधानमन्त्रीज्यू, तपाईँलाई तीन करोड नेपालीको साथ र समर्थन छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *