काठमाडौ । पशुपति क्षेत्र विकास कोषले वनकाली पार्किङको ठेक्का रद्ध गरेको छ । बिहिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको विकास कोषको बैठकले पार्किङको ठेक्का रद्ध गरेको हो ।
पशुपति क्षेत्र अन्तर्गत वनकाली ओरालो क्षेत्रमा रहेको पार्किङ तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रालिले सम्झौता पालना नगरेको भन्दै ठेक्का रद्ध गरेको कोषले जनाएको छ ।
सम्झौता अनुसार मासिक चार लाख ८३ हजार ३३ क्षेत्र विकास कोषलाई भुक्तानी गर्नुपर्नेमा लामो समय सम्म बक्यौता बाँकी राख्नुका साथै अन्य थुप्रै नियम उलंघन गरेको भन्दै कोषले ठेक्का रद्ध गर्ने निर्णय गरेको हो। साथै सो कम्पनीसँग एक महिना भित्र बक्यौता उठाउने निर्णय पनि गरेको छ ।
कोषको बैठकले ठेकेदार कम्पनी तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रा.लि.को बैंक ग्यारेन्टी समेत जफत गर्ने निर्णय गरेको छ । ठेक्काको सम्झौताको शर्त न६ मा “ बढीमा ३ महिना सम्मको भाडा तिर्न बाँकी राखेमा स्वतः कोषले सम्झौता रद्द गर्न सक्नेछ । तोकिएको समयमा भाडा नवुझाएमा सम्झौता रद्द गरी धरौटी रकम समेत जफत गरी अन्य व्यवस्थाबाट पार्किङ सञ्चालन गरिनेछ ”भन्ने उल्लेख छ ।
आर्थिक प्रशासन शाखामा रहेको विवरण हेर्दा हालको मिति सम्म उक्त कम्पनीले कोषलाई बुझाउन बाँकी भाडा ३४ लाख ७४ हजार एक सय ११९ रुपैयाँ रहेको देखिएको छ ।

Leave a Reply