नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौं। एसिया कप क्रिकेटअन्तर्गत समूहको दोस्रो तथा अन्तिम खेलमा नेपालले भारतसँग १० विकेटको हार बेहोरेको छ।

भारतले प्राप्त एक सय ४५ रनको लक्ष्य २०.१ ओभरमा विकेट नगुमाई पुरा गर्यो। भारतका कप्तान रोहित शर्माले ७४ र सुभमन गिलले ६७ रन बनाए।

वर्षाका कारण प्रभावित खेलमा भारतले २३ ओभरमा एक सय ४५ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो।

डकवर्क लुइस नियमका आधारमा भारतले नयाँ लक्ष्य पाएको हो। त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २ सय ३० रन जोडेको थियो।

नेपाललाई हराएको भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल भने पहिलो चरणबाटै बाहिरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *