नेपालविरुद्ध भारत जिततर्फ अग्रसर

काठमाडौं। एसिया कप क्रिकेटअन्तर्गत नेपालविरुद्ध लक्ष्य पछ्याइरहेको भारत जिततर्फ अग्रसर देखिएको छ।

भारतले १२ ओभरमा विकेट नगुमाई ८५ रन जोडेको छ। भारतले २३ ओभरमा एक सय ४५ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो।

वर्षाका कारण डकवर्क लुइस नियमका आधारमा भारतले नयाँ लक्ष्य पाएको हो। त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४८।२ ओभरमा सबै विकेट गुमाएर २ सय ३० रन जोडेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *