राप्रपाले भदौ २७ गते काठमाडौंमा र्‍यालीसहित विरोधसभा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भदौ २७ गते काठमाडौंमा र्‍यालीसहित बृहत विरोधसभा गर्ने भएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको पार्टी केन्द्रीय पदाधिकारीको बैठकले गौवंश हत्याको विरोध गर्न, विभिन्न संघसंस्थाबाट भइरहेका प्रदर्शन र विरोधमा ऐक्यबद्धता जनाउन, हिन्दूत्वको रक्षा एवं हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको पक्षमा सभा गर्ने निर्णय गरेको हो ।

संघीयताको खारेजी, विभिन्न भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, सुन तस्करीलगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्ण छानबिन गर्न माग गर्न उक्त सभा गर्न लागिएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार शिथिल अर्थतन्त्रले निम्त्याउन लागेको आर्थिक संकटमा सरकारको उदासीनता, बढ्दो बेरोजगारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्न सरकारलाई दबाब दिन राप्रपाले र्‍यालीसहित विरोधसभा गर्ने निर्णय गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *