ललिता निवास मुद्दामा सीआईबीकाे त्रुटि सच्याउन पत्राचार, चन्द्रदेव जोशीको बिगो ६२ करोड घटाइयो

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतलाई सीआईबीले गरेको त्रुटि सच्याउन पत्राचार गरेको छ ।

जिल्ला न्यायाधिवक्ता महेश प्रसाद खत्रीले पूर्वमन्त्री चन्द्रदेव जोशीको हकमा सीआईबीले पठाएको बिगो फरक परेको भन्दै सच्याउन सीआईबीले पत्र पठाएकाले अदालतलाई आग्रह गरेका हुन् ।

अभियोग पत्रको पृष्ठ ६२९ को दशौं र चौधौं हरफमा जोशीविरुद्ध ६३ करोड रुपैयाँको बिगो रकम लेखिएकोमा एक करोड ८ लाख ७९ हजार ८१० रुपैयाँ कायम गरिदिन सीआईबीले आग्रह गरेपछि जिल्ला अदालतलाई आग्रह गरिएको हो ।

यससँगै जोशीविरुद्ध ६२ करोडको बिगो घटेको छ ।

त्यस्तै, अभियोग पत्रको पृष्ठ नं. ६६१ मा प्रतिावादीहरुको नाममा बिनिता अधिकारी र सोह्रौं हरफमा सुधिरा अधिकारी भट्टराईको नाम टाइप त्रुटिका कारण कपिपेष्ट भएको भन्दै सो पनि सीआईबीले हटाउन आग्रह गरेको हो ।

ललिता निवास प्रकरणले उच्च अधिकारीविरुद्ध मुद्दा दायर भइसकेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *