विराटनगर । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ५ को एउटा बस्ती नै पहिराको जोखिममा परेको छ ।
हिलिहाङ गाउँपालिका–५ सुभाङको मालबाँसे बस्तीका ४० घर पहिरोको उच्च जोखिममा परेको हो । हिलिहाङ्ग नाखेडाँडा, स्याल्जे लगायत ठाउँमा पहिरो जान थालेको छ । स्थानीयका अनुसार वस्तीसम्मै स-सानो पहिरो जानुका साथै ठूलो क्षेत्रमा धाँजा फाटेको छ । घरहरु धस्सिएका छन् भने बाटो समेत चिरा परेपछि हिडडुलमा समेत समस्या भएको छ ।
यस अघि स साना पहिरो आउने गरेको भएपनि यस वर्ष अत्यधिक वर्षा र बाढीका कारण जमिनको ठूलो क्षेत्रमा धाँजा फाटेको स्थानीय मेखबहादखुर सुहाङ्गले बताए । जमिनमा धाँजा फाटेपछि स्थानीयवासीका घर तथा भौतिक संरचना, धस्सिएको छ । पहिराले खेतीयोग्य जमिन समेत भासिएको छ ।
सुहाङका अनुसार विगतमा स-सानो पहिरो झर्ने गरेको भएपनि यस वर्ष सुरु भएको पहिरोले वस्तीलाई जोखिममा पारेको छ ।
मालबाँसेकी रनमाया खुदाङका अनुसार पहिराका कारण अहिले यहाँका नौ घर उच्च जोखिममा परेको बताइन् ।
उनले ४० घर रहेको सिङ्गो बस्ती नै जोखिममा परेको बताइन् । हिलिहाङ–५ का वडाध्यक्ष बिर्खबहादुर सुहाङका अनुसार यस वर्ष वस्ती नै प्रभावित हुन लागेको बताए ।

Leave a Reply