काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले व्यवसायी मीनबहादुर गुरुङलाई पक्राउ गरेर सरकारले गलत गरेको बताएका छन् ।
काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै ठूला व्यवसायी कोही जेल गएको कतै आफूले नसुनेको उल्लेख गर्दै बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।
नेता पाण्डेले भने, ‘तपाईंले देख्नुभएको छ । ठूला व्यवसायीहरु कोही जेल गएर बसेका छन ? मुद्दा चलेर हिँड्छ । हाम्रो देशमा हेर्नुस् न मीनबहादुर गुरुङ जेलमा परेको छ । त्यो के पैसा लिएर भाग्छ मीनबहादुर ? सम्पत्ति बोकेर जान्छ ? २५/२६ वटा भाटभटेनी छ । त्यो भाटभटेनीको घर बोकेर भाग्छन् ? नेपालमा केही गर्छु भन्ने व्यवसायीलाई अपराधी गर्न हुँदैन ।’
गुरुङलाई ललिता निवास जग्गा प्रकरणमा सिआइबीले पक्राउ गरेको थियो ।

Leave a Reply