सेजनको अध्यक्षमा सुजन ओली, कार्यसमितिमा को-को आए ?

काठमाडौं ।नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् ।

सेजनको २५ औँ वार्षिक साधारण सभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । ओलीले ९९ भोट ल्याउँदा निकटतम प्रतिद्वन्द्वी शिरोमणि ढुङ्गानाले ९६ मत प्राप्त गरेका थिए ।

यसै गरी उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित भएका छन् । वञ्जाराले १३५ मत ल्याएर निर्वाचित भएका हुन् । प्रत्याशी भागवत भट्टराईले ११५ मत प्राप्त गरेका थिए ।

यसै गरी सेजनको महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित भए धने सचिवमा सोभित थपलिया १०६ मत ल्याएर निर्वाचित भएका छन् भने कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित भए ।

सेजन सदस्यहरूमा केशु लामिछाने १८८ मत, हेमन्त जोशी १७९, ममता थापा १५६, छवि सापकोटा १२८, वसन्तराज उप्रेती १४५ मत सहित निर्वाचित भएका हुन्।

सेजनको निर्वाचनमा कुल २७१ मध्ये २५२ मत खसेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *