विराटनगर । इटहरी इटहरी उपमहानगरपालिकाले आइतबारदेखि मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) चलाउन रोक लगाउने भएको छ ।
इटहरीमा अत्यधिक सिटी सफारीहरूले दुर्घटना निम्त्याएको भन्दै मुख्य हाइवेमा आइतबार देखि नै प्रतिबन्ध लगाउने निर्णय भएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।
बाटोमा जाम गरेको र दुर्घटना बढाएको भन्दै इटहरीका मुख्य राजमार्गमा सिटी सफारी गुड्न नदिने निर्णय गरिएको पौडेलले बताए ।
इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सञ्चालकका नेतृत्व बिच सहमति गरेर निर्णय भएको हो ।
इटहरी भित्र करिब ५ हजार सफारी सञ्चालनमा रहेको भए पनि इटहरीमा भने ११ सय सफारी मात्र दर्ता प्रक्रियामा आएको इटहरी उपमहानगरले जनाएको छ ।

Leave a Reply