हामी एउटै कम्युनिष्ट पार्टी बनाउन चाहन्छौं : प्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एवम् प्रधानमन्त्री मन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानकर्तालाई घटना जोडिएको भेटिए कसैलाई नछोड्न निर्देशन दिएको बताएका छन् ।

समाजवादी मोर्चाको पोखरामा आयोजित सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले अनुसन्धानमा आफुलाई पनि नछाड्न निर्देशन दिएको बताएका हुन् ।

‘भ्रष्टाचारका काण्डमा आफ्ना मान्छेलाई बचाउँछ, अर्कालाई मात्र पार्छ भन्ने धेरै भ्रम छर्ने कामहरु भएको तपाईंहरुले सुन्नु भएकै छ । मैले प्रहरीलाई, सेकरुटी फोर्सलाई र सबै अनुसन्धानकर्तालाई भनेको छु -तपाई अनुसन्धान गर्दै जानुस्’, उनले भने, ’बाटोमा प्रचण्ड देखियो भने पनि नछाड्नुस भनेको छु मैले प्रधानमन्त्रीको हैसियतले ।’

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारले देश थिलोथिलो बनाएको बन्दै यस विरुद्ध सरकार लागेको बताएका छन् । उनले अहिलेको मोर्चा समाजवादी मोर्चामा मात्रै सिमित नरहने दाबी गरे ।

‘हामी समाजवादी मोर्चामा मात्रै सीमित छैनौं । देशका सबै कम्युनिष्ट क्रान्तिकारी, सबै लोकतान्त्रिक, सबै देश भक्तहरु एक ठाउँमा बनाउन चाहन्छौं । एउटै कम्युनिष्ट पार्टी बनाउन चाहन्छौं’, उनले भने, ‘सबै एकै ठाउँमा हुने गरि अगाडि बढेको प्रधानमन्त्री प्रचण्डले सुनाए । अन्तत हामी एकै ठाउँमा हुनुपर्छ भनेर अगाडि बढेका छौं ।’

प्रचण्डले मोर्चा विशाल कम्युनिस्ट पार्टीतिर बन्नेतिर लम्बिरहेका दाबी गरे । उनले भने, ’हामीहरु जहाँजहाँ पुगेका छौ । त्यहाँ त्यहा उत्साह छ जनताप्रति, कार्यकर्ता । नयाँ सेन्टिमेन्ट पैदा भएको छ । विशाल कम्युनिस्ट पार्टीतिर बन्नेतिर लम्बिरहेका छौँ ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *