समाजवादी मोर्चाले आज पोखरामा सन्देश सभा गर्दै

पोखरा । समाजवादी मोर्चा नेपालले आज पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देश सभा गर्दैछ ।

पोखरा सभागृहमा मध्यान्ह १२ बजे हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डसहित एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सभालाई सम्बोधन गर्न पोखरा आउने लागेका हुन् । यसअघि मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सभा आयोजना गरिसकेको छ ।

हरेक दलबाट तीन-तीन जना प्रतिनिधि हुने गरी मोर्चाको गण्डकी प्रदेशको संयोजन समितिमा गठन भएको छ । समितिमा माओवादी केन्द्रबाट गायत्री गुरुङ, ज्ञामनाथ गैरे, जगन्नाथ खनाल, एकीकृत समाजवादीबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल, प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टी, नेपालबाट गोपाल गुरुङ, निर्मल जिसी, रमेश नेपाली, नेपाल कम्युनिष्ट पार्टीबाट राजन सी, दीपा सी र काजी सी छन् । अध्यक्षता आलोपालो हुने समितिको पहिलो चरणमा माओवादीकि गायत्री गुरुङले अध्यक्षता गर्नेछिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *