भारतद्वारा चामल निर्यात ३ देशका लागि फुकुवा, नेपालमाथि किन हटेन प्रतिबन्ध ?

काठमाडौं । भारतले लगाएको चामल निर्यातको प्रतिबन्ध ३ देशको लागि फुकुवा भएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले ३ देशको लागि प्रतिबन्ध फुकुवा गरिएको बताएको छ ।

भारतले भुटान, सिंगापुर र मोरिससको लागि प्रतिबन्ध फुकुवा गरेको हो । भारतले यी देशका लागि १.४३ लाख टन चामल निर्यात गर्नेछ ।

भारतबाट सरकारी कम्पनी नेशनल कोअपरेटिभ एक्स्पोर्ट्स लिमिटेडमार्फत यी ३ देशमा चामल पठाउन सक्नेछ । भारतले सरकारी तबरबाट मात्र भुटान, सिंगापुर र मोरिससलाई चामल निर्यात गर्न सक्ने व्यवस्था गरेको हो ।

विदेश व्यापार महानिर्देशनालयले भुटानका लागि ७९ हजार टन, मौरिससका लागि १४ हजार टन र सिंगापुरका लागि ५० हजार टन गैरबासमति चामल निर्यातको लागि अनुमति दिएको हो ।

भारतले गत २० जुलाइमा निर्यात रोकेको थियो । तर ति देशबाट चामलको व्यवस्था गर्न माग आएपछि सरकारले उनीहरुका लागि सिमित मात्र चामल निर्यात गर्न दिएको हो ।

यता नेपालले पनि भारतलाई चामल निर्यातको व्यवस्था गरिदिन आग्रह गरेर पत्र पठाएको थियो । तर भारतले अहिलेसम्म सो पत्रको प्रतिक्रिया नपठाएको बुझिएको छ । उच्च मूल्य वृद्धि रोक्नको लागि भारतले चामल निर्यातमा रोक लगाएको हो ।भारतले चामलको निर्यातमा प्रतिबन्ध लगाएसंगै नेपालमा चामलको भाउ ह्वात्तै बढेको छ ।

 

Comments

8 responses to “भारतद्वारा चामल निर्यात ३ देशका लागि फुकुवा, नेपालमाथि किन हटेन प्रतिबन्ध ?”

  1. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    उत्पादन र सेवाको क्षेत्रमा परिश्रम विदेशी भूमिमा गर्ने अनि समृद्धि देशको खोज्ने चेतनाले हिजोभन्दा आज हामी कमजोर भएका छौं र देशमा परनिर्भरता बढेको छ। जबसम्म यो खालको अभ्यासले प्राथमिकता पाइरहन्छ तबसम्म देशले समृद्धिको यात्रा व्यावहारिक रूपमा अघि बढाउने सामर्थ्य विकास गर्न सक्दैन्।

    1. नीलहरी काफ्ले Avatar
      नीलहरी काफ्ले

      समकालीन राजनीतिक दलले सिर्जना गरेको यो अवस्था नियोजित हो । आम सर्वसाधारण हामीले यो बिषय बुझ्यौं र यस्तो गलत प्रणाली (विनिमयमुखी अर्थतन्त्र) बनाउने यी दललाई रोक्न सक्यौं भने सुधारको अलिकति सम्भावना छ, अन्यथा देश समाप्त भइसक्यो ।

  2. Pradip Acharya Avatar
    Pradip Acharya

    गज्जब गर्या छ आफ्ना खेतबारी बाँझै राखेर विदेशीको भरियागिरी गरेर ल्याएको पैसाले उत्तानो टाङ् लगाएर खानेका लागि गर्नुपर्ने नै यस्तै यस्तै नै हो।

  3. सुजन राई Avatar
    सुजन राई

    भारतद्वारा चामल बन्दै गर्नुपर्छ नेपालको खेतीयोग्य जग्गाहरु बजिरहेको छ नेपालीहरु आत्मनिर्भर हुनको लागि भारतले बन्द नगरी नेपालीहरु अर्काको आशामा नै सुतेर बस्नेछ

  4. पारस कार्की Avatar
    पारस कार्की

    जब जब दशै नजिक आउछ, भारतले प्याज, चामल र अरू अत्यावश्यक वस्तुमा प्रतिवन्ध लगाउछ। हामी खुशी हुन ग ए उस्को टाउको दुख्छ। हाम्रा नेताले प्रतिवाद गर्दैनन् नि। लम्पसारवादी हुन, के आश गर्ने?

  5. kumar Basnet Avatar
    kumar Basnet

    बन्द गरेकै राम्रो अब बाझो जग्गा मा खेती गर्ने हो। खेती योग्री जमिन प्लटिङ गर्ने पहाड तिर का खेत बाझो राख्ने अनि चामल को लागि भारत को भर पर्दा को परिणाम

  6. सरद स्सुब्बा Avatar
    सरद स्सुब्बा

    उत्तर काेरियाबाट सिकाैं उत्तर काेरियाका राष्ट्रपिता किम ईल सुङका बिचार जुछे बिचारधाराले उत्तर काेरिया एक शक्ति राष्ट्र बन्याे धाेतिहरुले नेपाललाई अनिश्चित नाकाबन्दी लगावाेस अनि मात्र हाम्राे चेत खुल्छ।

  7. Amit pariyar Avatar
    Amit pariyar

    केही गरौ देशमा कृषि कर्म गरि उत्पादन गौ भने आफ्नो त जमिन छैन ,जमिन हुने ले गर्नु पर्छ , आत्मनिर्भर हुनको लागि , पर निर्भरता ले जब सम्म परनिर्भर भईन्छ ,अरु देशलाई गालि गर्नु खोक्रो राष्ट्रवाद नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *