प्रमुख सचिव रिक्त रहेका प्रदेशका कर्मचारीको कार्यसम्पादन मूल्यांकन संघले गर्ने

काठमाडौं । प्रदेश प्रमुख सचिव रिक्त रहेका प्रदेशका उच्च स्तरका कर्मचारीको कार्यसम्पादन मूल्यांकन संघीय सरकारका सचिवबाट हुने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात वटै प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिरिषद् कार्यालयलाई साउन तीन गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी गराएको हो ।

परिपत्र अनुसार प्रदेश प्रमुखको कार्यालय प्रदेश स्तरका मन्त्रालय प्रदेश सभा सचिवालयका राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव तथा एघारौ तहका कर्मचारीको कार्यसम्पादन मूल्यांकनको सुपरीवेक्षण र पुनवरावलोकन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवले गर्नेछ ।

प्रदेशस्तरका मन्त्रालय, प्रदेश सभा सचिवालय र प्रदेश अन्तरगतका निर्देशनालय लगायतका कार्यालयमा कार्यरत अधिकृतस्तर नवौ तथा दशौ तहका कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्नका लागि पुनरावलोकन समितिको अध्यक्षता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रदेश समन्वय हेर्ने सचिवले गर्ने उल्लेख छ ।

प्रदेश र प्रदेश भित्रका स्थानीय तहका लागि प्रमुख सचिवले तोक्ने भनिएको सुपरिवेक्षण, पुनरावलोकनकर्ता तथा पुनरावलोकन समितिका सदस्य तोक्ने र पुनरावलोकन समितिको अध्यक्षता संघीय मामिला तथा सामान्य प्रशान मन्त्रालयको सचिवले गर्ने निर्णय भएको मन्त्रालयका उपसचिव एवम आन्तरिक व्यवस्थापन शाखा प्रमुख मिरा आचार्यले जानकारी दिइन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अनुसार अहिले मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश सरकार प्रमुख सचिव विहिन रहेका छन् । यद्यपी, मधेश प्रदेश सरकारमा भने किशोरकुमार चौधरीले निमित्त प्रमुख सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *