काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयनविरुद्ध नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सडकमा उत्रिएका छन् । धनगढीमा हुने भनिएको समाजवादी मोर्चाका भेलालाई रोकेर विप्लव सडकमा उत्रिएका हुन् ।
विप्लवसहित खड्गबहादुर विश्वकर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका धर्मेन्द्र वास्तोला लगायतका नेताहरुले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रर्दशन गरेर अहिले कोणसभा गरिरहेका छन् । चार दलबीच एमसिसी कार्यान्वयनको विरोधमा संघर्ष गर्ने सहमति अनुसार देशव्यापी आन्दोलनको घोषणा भएको छ ।
यता सरकारले आजबाट एमसिसी कार्यान्वयनमा ल्याइसकेको छ। एमसिसी कार्यान्वयनमा ल्याउने सरकारसँग सहकार्य नगर्ने चेतावनीपछि आज हुने भनिएको चार दल आबद्ध मोर्चाको भेला रोकिएको थियो ।



Leave a Reply